नेपाल राष्ट्र बैंकले केराउ, छोकडा, मरिच, र ५० हजार डलरमाथिका गाडी आयातमा रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यी वस्तुको आयातमा कडाइ गर्न केन्द्रीय बैकलाई भने पछि उसले यस्तो निर्देशन जारी गरेको हो ।
अबउप्रान्त बैंकहरुले केराउ, छोकडा, मरिच र ५० हजार डलर माथिका गाडी आयातका लागि एलसी खोल्न नपाउने भएका हुन् । निरन्तर विदेशी मुद्रा चाप पर्दै गए पछि सरकारले विलासी गाडी र केराउ, छोकडा मरिचको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो । यस अघि कोटा तोकेर आयात खुला गरिएका वस्तु ल्याउन पाइने तर नयाँका लागि एलसी नखोल्न केन्द्रीय बैंकले बैंकहरुलाई निर्देशन दिइसकेको छ ।
आर्थिक वर्ष २०७७÷०७८ का लागि परिमाणत्मक बन्देजको सीमा तोकिएका वस्तुहरुको पैठारी हकमा कोटा प्राप्त गर्ने आयातकर्ताले २०७८ असार मसान्तभित्र त्यस्ता वस्तुको सिपमेन्ट गराइसक्नुपर्ने र त्यसरी २०७८ असार मसान्तभित्र एलसी÷डीएपी÷डीएए÷डीडी÷टीटी खोलि सिपमेन्ट भइसकेका वस्तुहरु आर्थिक वर्ष २०७८÷०८९ मा पनि भन्सार चाँजपास हुने छ । तर, नयाँ एलसी खोल्न भने रोक लगाइएको छ ।