Wednesday, January 15, 2025

ट्रेन्डिङ :

बुद्ध एयरको आन्तरिक प्रतिवेदनः जहाजमा कुनै समस्या देखिएन, क्याप्टेनले इण्डिकेटरको संकेत याद गरेनन्

spot_img
spot_img
spot_img

बुद्ध एयरले आफ्नो जहाजमा कुनै समस्या नदेखिएको स्पष्ट पारेको छ । आन्तरिक छानबिनको प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)लाई बुझाएसँगै आफ्नो जहाजमा कुनै समस्या नभएको स्पष्टीकरण दिएको हो ।

नै निहित स्वार्थ बोकेकाहरुले नकारात्मक सूचना फैलाइरहेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सोमबार यात्रुहरुको हितमा जारी गरेको सूचनामा उल्लेख गरेका छन् ।

प्रतिवेदनमा क्याप्टेनले अनावश्यक रुपमा यात्रुहरुलाई त्रसित गरेको र इण्डिकेटरको संकेतलाई याद नगरी उडान गर्दा समस्या उत्पन्न भई बढी प्रचार भएको उल्लेख गरिएको श्रोतको दाबी छ ।

बुद्ध एयरले आफ्नो जहाजमा कुनै खराबी नभएको प्रष्ट्याउँदै आफ्ना जहाजहरु ठीक अवस्थामा रहेको दाबी गरेको छ। काठमाडौंबाट विराटनगरका लागि ११ असोजमा उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेर पुनः काठमाडौं फर्काइएको थियो।

ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगर विमानस्थलमा जहाज अवतरण हुन सकेको थिएन। त्यहाँ अवतरण हुन नसकेपछि काठमाडौंमा  अवतरण गरिएको थियो। जहाजमा ७६ जना यात्रु थिए।

एयरलाइन्सले बनाएको सो प्रतिवेदन प्राधिकरणले पर्यटन मन्त्रालयले बनाएको छानबिन समितिलाई पठाएको निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वयमा छानबिन समिति बनाएको छ । समितिले तीन महिनाभित्रमा रिपोर्ट बुझाउनेछ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?