रोट्रयाक्ट क्लब अफ धरान घोपा र रोटरी क्लब अफ धरान घोपाको संयुक्त आयोजनामा शनिबार १६ असोजको दिन दीपेन्द्र स्कूल- फोल्कयान क्षेत्रमा निशुल्क उच्च रक्तचाप र मधुमेह जाँच शिविर सम्पन्न भएको छ ।
यस स्क्रीनिंग शिविर बिहान ७:३० बजे शुरू भएर ११:३० बजे सम्म करिब ३ घण्टा चलेको थियो। त्यहाँ कुल १२२ लाभार्थीहरु मध्ये उच्च रक्तचापबाट पीडित ३० जना र मधुमेह बाट पीडित २ जना सम्मेलित थिए। डा. केशव पाण्डेद्वारा यस रोगको जोखिम क्षेत्रमा रहेका तथा उच्च रक्तचाप र मधुमेह बाट पीडित व्यक्तिहरुलाई आफ्नो आहार रजीवन शैलीको बारेमा परामर्श प्रदान गरीएको थियो ।
यस शिविरमा १२ जना रोट्रयाक्टर सहित रोटरी क्लब अफ धरान घोपाबाट रोटरिएन रोहन हडा र रोटरीएन प्रतीक श्रेष्ठको उपस्थिति रहेको थियो ।
यो स्वास्थ्य शिविरलाई वार्ड नम्बर १७ नगरपालिका, सृष्टि फार्मेसी, न्यूरो अस्पताल फार्मेसी र पञ्चमुखी फार्मेसी द्वारा प्रायोजित गरिएको थियो। हामी प्रायोजकहरुलाई उनीहरुको सहयोग, अन्य सबै प्रत्यक्ष र अप्रत्यक्ष सहयोगी हातहरुको लागी धन्यबाद दिन चाहन्छौं जसले हामीलाई हाम्रो स्क्रीनिंग अभियान को सफलता को लागी सहयोग गर्यो ।