Saturday, November 16, 2024
spot_img

ट्रेन्डिङ :

परराष्ट्रमन्त्री डा. खड्का बेलग्रेड प्रस्थान

spot_img
spot_img

असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा नारायण खड्का आज ब्रेलग्रेड प्रस्थान गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सर्वियाका विदेशमन्त्री निकोला सेलेकोभी र अजरबैजानका परराष्ट्रमन्त्री जेहुन ब्यारोमोभको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

असंलग्न मुलुकको साझा सङ्गठन (नाम) स्थापना भएको ६० वर्ष पुगेको अवसरमा उच्चस्तरीय कमोमोरेटिभ बैठकको आयोजना गरिएको छ । उक्त बैठक यही असोज २५ र २६ गते बेलग्रेडमा आयोजना गरिएको छ ।

परराष्ट्रमन्त्री डा खडकाले असोज २५ गते उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा परराष्ट्रमन्त्रीले द्विपक्षीय एवं अन्य भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा खडका नेतृत्वको प्रतिनिधिमण्डल असोज २७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?