Sunday, November 17, 2024
spot_img

ट्रेन्डिङ :

पाकिस्तानका आणविक पिता खानको मृत्यु

spot_img
spot_img

पाकिस्तानका आणविक पिता डा. अब्दुल क्वादिर खानको निधन भएको छ । खानको ८५ वर्षको उमेरमा आईबार राजधानी इस्लामावादमा भएको हो । उनको उपचारका क्रममा एउटा स्थानीय अस्पतालमा मृत्यु भएको रेडियो पाकिस्तानले जनाएको छ ।

उनको मृत्युबाट पाकिस्तानलाई ठूलो क्षति भएको रक्षा मन्त्री पर्भेज खट्टाकले बताएका छन् । अब्दुल खानको मृत्युप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गहिरो दुःख व्यक्त गरेका छन् ।

यसअघि आफू अस्पताल हुँदा प्रधानमन्त्री खान र क्याबिनेटका कुनै पनि मन्त्रीले चासो नदिएको अब्दुलले गत साता गुनासो गरेका थिए । उनको योगदानलाई पाकिस्तानले सदा स्मरण गर्ने रक्षा मन्त्री पर्भेजले बताएका छन् ।

भारतको भोपालमा जन्मिएका डा. खान सन् १९४७ पछि आफ्नो परिवार लिएर पाकिस्तान पुगेका थिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?