Wednesday, November 27, 2024
spot_img

ट्रेन्डिङ :

अनुगमनमा फेला पर्‍यो ६ वर्ष पुरानो चकलेट, ४ वर्ष पुरानो कोल्ड ड्रिक्स

spot_img
spot_img

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बजार अनुगमनका क्रममा वर्षौं पुराना खाद्यवस्तु फेला परेको छन् । चाडपर्व लक्षित गरी आइतबार नगरपालिकाको वडा नं. ५ प्रेमनगर र वडा नं. १० को विजगौरीबाट म्याद गएका सामग्री बरामद गरी नष्ट गरेको छ । नगरपालिकाका नगर उपप्रमुख मिरा चौधरीको नेतृत्वमा भएको अनुगमन टोलीले म्याद नाघेका प्याकेटमा राखिएका पत्रु खाजा (जङ्क फुड) पेय पदार्थ, मसला, तेल, चकलेट, चिप्सलगायतका वस्तु बरामद गरेको हो ।

आइतबार बिहान ८ बजेदेखि पालिकाको ग्रामीण भेगका पसलमा अनुगमन गरिएको थियो । अनुगमनमा ४ वर्ष पुरानो कुहिएको चिसो पेय पदार्थसमेत भेटिएको छ । माउन्टेन ड्यु, फेन्सी, मेन्सन ड्यु, कोकाकोला, प्रान जुस र भारतीय उत्पादनसमेत बरामद गरिएको छ । ९ महिनामात्र म्याद हुने ती वस्तु विक्री गर्न सजाएर राखेको अवस्थामा फेला परेको बुद्धभूमि नगरपालिकाका उद्योग वाणिज्य तथा सहकारी फाँटका अधिकृत विजय भुसालले बताए ।

यसैगरी सन् २०१५ मा उत्पादन भएका चकलेटसमेत जफत गरिएको छ । म्याद नाघेका सेन्टर फिलीज, पावर ब्रान्डका चकलेट, आचिता दालमोठ, सुदूर कम्पनीका बिस्कुटसमेत बरामद गरिएको छ । एक वर्षको प्रयोग समय अवधि भए पनि ती चकलेट बिक्रीका लागि सजाएर राखिएका थिए । भारतमा उत्पादन भएका बालबालिका लक्षित गरी उत्पादन भएका प्याकेटमा राखिएका धेरै सामग्री म्याद गुज्रिएका फेला परेका थिए ।

ग्रामीण भेगका चोकमा रहेका पसलको अनुगमन गर्दा म्याद गुज्रिएर कुहिएका वस्तुसमेत फेला परेको छ । नगरपालिकाले दशैँसम्म हरेक वडाको पसलमा पुगेर छड्के अनुगमन गर्ने कार्य तालिका बनाई अनुगमन सञ्चालन गरेको छ । पालिकाले बजार अनुगमन सुरु गरेपछि केही पसल बन्द गरी व्यापारी भागेका थिए । बुद्धभूमि नगरपालिकाले पालिकाभित्रका किराना पसलमा अनुगमन गर्दा फेला परेका म्याद गुज्रेका खाद्यवस्तु ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?