Wednesday, January 15, 2025

ट्रेन्डिङ :

सय अर्ब डलर क्लबमा मुकेश अम्बानीको प्रवेश

spot_img
spot_img
spot_img

एसियाकै धनी मुकेश अम्बानी सय अर्ब अमेरिकी डलर सम्पत्ति हुनेहरूको क्लबमा प्रवेश गरेका छन्। 

एक सय अर्ब अमेरिकी डलर सम्पत्तिसहित अम्बानी अर्बपतिहरूको एक्सक्लुसिभ क्लबमा प्रवेश गरेका हुन्। योसँगै उनी संसारकै धनीहरूको सूचीमा ११औं नम्बरमा पुगेको ब्लुम्बवर्गले उल्लेख गरेको छ। 

संसारकै धनीहरूको सूचीमा सबैभन्दा माथि एलन मस्क छन्। २२२ अर्ब डलरसहित एक नम्बरमा मस्क छन् भने जेफ बेजोज १९० डलरसहित दोस्रो नम्बरमा छन्। 

भारतीय व्यवसायी अम्बानी रिलायन्स इन्ड्रष्ट्रिजका अध्यक्ष हुन्। उर्जा तथा सूचना प्रविधिमा छलाङ मारेका अम्बानी पछिल्ला वर्ष आक्रामक रुपमा सम्पत्ति विस्तार गरिरहेका छन्। ब्लुमबर्ग बिलियनर इन्डेक्स अनुसार उनले यही वर्षमात्र २३.८ अर्ब अमेरिकी डलर सम्पत्ति थप गरेका छन्। 

पेट्रोलियम तथा पेट्रोकेमिकलबाट सूचना प्रविधिको क्षेत्रमा व्यवसाय वस्तार गरेका अम्बानीले रिटेल तथा इकमर्समा हात हालेका छन्। सूचना प्रविधिको क्षेत्रमा अम्बानीक कम्पनीहरुले भारतीय बजारमा राज गरेका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?