Wednesday, November 27, 2024
spot_img

ट्रेन्डिङ :

अब २४ वर्षीय युवक र १९ वर्षीया युवतीले धान्नेछन् एमाले वडा राजनीति

spot_img
spot_img

बुटवल, ७ कात्तिक

एमालेको वडा अधिवेशनबाट युवापंक्तिले नेतृत्वमा स्थान जमाएका छन् । सिद्धार्थनगरको एउटा वडामा २४ वर्षीय युवक वडाध्यक्ष चुनिएका छन् भने लुम्बिनी सांस्कृतिक नगरपालिकामा १९ वर्षीया युवती वडा कमिटी सचिव चुनिएर चर्चामा छिन् ।

सिद्धार्थनगर नगरपालिका–१३ वडाको अधिवेशनबाट २४ वर्षीय भीम भण्डारी अध्यक्षमा चुनिएका हुन् । नगरका १३ वटा वडाका अध्यक्षमध्ये उनी नै सबै भन्दा कान्छा हुन् ।

त्यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बाट १९ वर्षीया झरना थापा वडा सचिव चुनिएर चर्चामा छिन् । अध्ययनसँगै राजनीति थालेकी उनले अब अध्ययनसँगै राजनीतिलाई पनि अगाडि बढाउने बताइन् ।

‘अब देशको राजनीति हामी जस्ता युवाले सम्हाल्नुपर्छ, मैले पढाइ र राजनीतिलाई एकसाथ अघि बढाउने सोच बनाएकी छु,’ उनले भनिन् । विद्यालय तहबाट राजनीतिमा लागेकी झरना निर्विरोध वडा सचिवमा चुनिएकी हुन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?