काठमाडौं । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव सम्पन्न गर्ने गरी कार्यतालिका तत्काल सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । आइतबार (आज) अध्यक्ष सुनिता बरालसहितको टोलीले उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई भेटेर स्ववियु निर्वाचन आगामी फागुन १ मा सम्पन्न गर्ने गरी तत्काल कार्यतालिका सार्वजनिक गर्न माग गरेको हो ।
त्यस्तै उनीहरुले ‘स्कूल अफ’ नाममा सञ्चालित शैक्षिक कार्यक्रम गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पहुँचमा पुग्ने गरी पूर्ण छात्रबृत्तिको ब्यवस्था गर्न र त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सात वटै प्रदेशमा तत्कालै अनिवार्य सञ्चालन गर्न माग पनि गरेका छन् । त्यस्तै कोरोना महामारीको समयमा विद्यार्थीहरुबाट लिएका सम्पूर्ण शुल्क फिर्ता गर्न, परीक्षा नियन्त्रण कार्यालयबाट भइरहेको ढिलासुस्ती र अस्तब्यस्त अन्त्य गर्न सबै खाले प्रमाणपत्र र अन्य सम्पूर्ण कामहरु इलष्लिभको माध्यमबाट गर्न माग पनि गरेको छ ।