Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

नेपाल भाषा अध्यापन गराउन वार्षिक रु १५ लाख अनुदान दिइने

spot_img
spot_img
spot_img

काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक रु १५ लाख अनुदान दिने भएको छ ।

कामपाको आज बसेको ७० औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कामपाले उपलब्ध गराउने रकममा नपुग खर्च क्याम्पसको आन्तरिक स्रोत तथा विद्यार्थीबाट सङ्कलन हुने शुल्कबाट बेहोरिने जानकारी दिनुभयो ।

बैठकले वडा नं ११ को कार्यालय सञ्चालनका लागि जग्गा प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ ।

बैठकमा सम्पदामैत्री भवन निर्माणका लागि स्वीकृत मापदण्ड कार्यान्वयन, पानी नआउने धाराका महशुल छुटका लागि महानगरपालिकाले गरेको प्रयास, नेपाल विद्युत् प्राधिकरणलगायत सडक खन्ने निकायसँगको समन्वय र डेङ्गु नियन्त्रणका लागि भइरहेको कार्यका सम्बन्धमा सदस्यहरुले जिज्ञासा राखेको बताइएको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?