Wednesday, November 27, 2024
spot_img

ट्रेन्डिङ :

लुम्बिनीको संसद् भवन निर्माण तीव्र, हिउँदे अधिवेशन लालमटियामा गर्ने तयारी

spot_img
spot_img

दाङ, १७ कात्तिक

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा प्रदेश सभा भवन निर्माणको कामलाई तीव्रता दिइएको छ । निर्माण व्यवसायीले गत साउन मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भवनको काम नै अघि नबढेपछि सरकारकै निर्देशनमा अर्का व्यवसायीलाई जिम्मा लगाएर निर्माण तीव्र पारिएको हो ।

सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत दाङको राप्ती गाउँपालिका-३ मसुरियामा प्रदेश राजधानीका लागि संरचना निर्माण सुरु गरेको छ ।

मसुरियाको राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सभाका लागि ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा भवन निर्माण गर्न थालेको हो ।

फलामको दुई तले भवन साउन मसान्तमा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत वैशाख अन्तिम साता सम्झौता गरेको थियो । तर, अहिलेसम्म भवनको १५ प्रतिशत पनि काम नभएपछि मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा व्यवसायी नै परिवर्तन गरेर काम अघि बढाइएको हो ।

अबको ४५ दिनमा भवन तयार गरेर हस्तान्तरण गर्ने गरी काम भइरहेको निर्माण व्यवसायी यज्ञ केसीले जानकारी दिए । अहिले चौबिसै घण्टा डेढ सयभन्दा बढी कामदारले काम गरिरहेको उनको भर्ना छ ।

प्रदेश सभाको अहिले वर्षे अधिवेशन चलिरहेको छ । तिहारपछि बैठक बसेर वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ । त्यसपछि भवन तयार गरेर हिउँदै अधिवेशन लालमटियामै आह्वान गर्ने गरी तयारी भइरहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?