Tuesday, November 26, 2024
spot_img

ट्रेन्डिङ :

गुल्मी प्रशासनबाट दुई हप्तामा साढे १३ सयले लिए नागरिकता

spot_img
spot_img

गुल्मी, १८ कात्तिक

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट दुई हप्तामा साढे १३ सयले नेपाली नागरिकता लिएका छन् । १ कात्तिकदेखि १६ सम्म मात्र १ हजार ३ सय ३९ जनाले नेपाली नागरिकता लिएका हुन् । चार सय ७८ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।

साेही अवधिमा नौ सय ५० लाई राहदानीका लागि सिफारिस गरिएकाे छ भने चार सय ४७ जनाले राहदानी पाएकाे जिल्ला प्रशासन कार्यालय गुल्मीका खरिदार डिलबहादुर थापाले जानकारी दिए ।

प्रशासनले दैनिक सरदर ३० देखि ४० नागरिकता प्रदान गरिरहेकाे छ ।

एक हजार एक सय ९४ ले राष्ट्रिय परिचयपत्र पाएका छन् । जिल्ला प्रशासनमा तीन प्रशासकीय अधिकृतकाे दरबन्दी रहे पनि उद्धव पन्थी मात्र छन् । बाँकी दुई अधिकृत पद रिक्त छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?