Sunday, November 17, 2024
spot_img

ट्रेन्डिङ :

सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि

spot_img
spot_img

नेकपा एमालेले चितवनमा हुने १०औं महाधिवेशनका लागि सुदूरपश्चिमका नाै वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार प्रदेशबाट एक सय ६० भन्दा बढी महधिवेशन प्रतिनिधि छनाेट भएका छन् ।

महधिवेशन प्रतिनिति छनाेट गर्दा संघीय निर्वाचन क्षेत्रमा रहेका संगठित सदस्यको संख्यालाई आधार मानेको उनले बताए । तर, सुदूरपश्चिममा संख्यालाई आधार मान्दा केही तलमाथि भएका कारण महधिवेशन प्रतिनिधीको संख्या केही बढ्ने उनकाे भनाइ छ । यसैगरी मजदुर संगठनबाट पनि प्रतिनिधि आउने हुँदा सो संख्या बढ्न सक्ने अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाका अनुसार कैलालीमामा ४४ जना, डडेल्धुरामा ११ जना, बाजुरामा २१ जना, कञ्चनपुरमा १६ जना, डोटीमा १६ जना, अछाममा १४ जना, दार्चुलाको १२ जना, बैतडी १५ जना र बझाङबाट ११ जना महाधिवेशन प्रतिनिधि छनाे भएका छन् । नाै जिल्लाबाट हालसम्म एक सय ६० प्रतिनिधि छनाेट भइसकेका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?