Saturday, November 16, 2024
spot_img

ट्रेन्डिङ :

राज्यमन्त्री खापुङको निर्देशनमा तेह्रथुम अस्पतालमा थपिए डाक्टर

spot_img
spot_img

तेह्रथुम, २ मंसिर

करारमा रहेका डाक्टरहरूको समायवधि सकिएपछी जनशक्ति अभाव रहेको तेह्रथुम जिल्ला अस्पतालमा स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री भवानी प्रसाद खापुङलको निर्देशनमा डाक्टर थपिएका छन् ।

अस्पतालका कर्मचारीहरूले करार अवधि सकिएका र केही डाक्टरहरू अध्ययन बिदामामा रहेकाले उपचारमा समस्या भएको गुनासो आएपछि राज्यमन्त्री खापुङलको निर्देशनमा प्रदेश सरकार मार्फत थप दुई जना डाक्टर करारमा थपिएका हुन् ।

कर्मचारीहरूले जिल्ला भ्रमणका क्रममा जिल्ला अस्पतालमा यसअघिका केही डाक्टरहरू अध्ययन बिदा र करार अवधि सकिएपछि एक जना डाक्टरको भरमा जिल्ला अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका थिए । अस्पतालमा डाक्टर सन्देश राई र डाक्टर दिवाकर चौधरी थपिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनुपम घिमिरेले बताए ।

जिल्ला अस्पताल तेह्रथुमका लागि अब थप एमडी र एमडीजीपी डाक्टर व्यवस्था गर्नका लागिसमेत स्वास्थ्य मन्त्रालयका डाइरेक्टरलाई निर्देशन दिइसकिएकोले बढीमा दुई हप्ता भित्र मागअनुसारको जनशक्ति पठाउने स्वास्थ्य राज्यमन्त्रीका प्रमुख स्वकीय सचिव गजेन्द्र कन्दङ्वाले जानकारी दिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?