संविधानसभा अध्यक्ष एवं नेकपा एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले जनताले नै जनताका लागि बनाइएको यो संविधानमा कर्तव्य र अधिकार स्थापित गरेको बताउनुभएको छ ।
प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संविधानको कार्यान्वयनमा वुद्धि र क्षमताको आवश्यकता औँल्याउँदै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर किन फिर्ता गर्नुपरेको हो भन्ने प्रश्न गर्नुभयो । उहाँले सर्वोच्च अदालतको आन्तरिक विषयमा दलहरुले गम्भीर भएर बोल्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले सरकारले सर्वदलीय बैठक बोलाएर एमसिसीको विषयमा धारणा राख्नुपर्ने कुरामा जोड दिनुभयो । अध्यक्ष नेम्वाङले जनता अहिले पनि एमालेका साथमा रहेको चर्चा गर्दै राजनीति भनेको नै सेवा हो भन्नुभयो ।