Saturday, November 16, 2024
spot_img

ट्रेन्डिङ :

प्रदेश २ का पाँच स्थानीय तहमा क्यास प्लस कार्यक्रम

spot_img
spot_img

जनकपुरधाम, ३ मंसिर

पहिलो र दोस्रो चरणको कोभिड–१९ महामारीले प्रभावित अति गरिब विपन्न दलित परिवारको जीवनस्तर उकास्न प्रदेश २ का पाँच स्थानीय तहमा क्यास प्लस इन्टरभेशन कार्यक्रम सञ्चालन गरिएको छ ।

युनिसेफको सहयोग तथा लाइफ नेपाल जनकपुरको समन्वयमा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका, धनुषाका औरही गाउँपालिका, राजविराज नगरपालिका, दुर्गा भगवती नगरपालिका र राजगढ गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमको उद्देश्य तथा कार्यक्रममा गरिने गतिविधिका विषयमा शुक्रबार आयोजना गरिएको एक अन्तरक्रियालाई सम्बोधन गर्दै युनिसेफकी अनिता दाहालले कोभिड –१९ ले हरेक क्षेत्र प्रभावित भए पनि दलित, विपन्न तथा आयस्तर निकै कमजोर रहेका वर्गहरू निकै प्रभावित भएकोले उनीहरूको जीवनस्तर उकास्न यो कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

कार्यक्रम लागू गरिएका स्थानीय तहमा कोभिड प्रभावित गरिब, विपन्न, दलित वर्गको राहतको लागि आर्थिक सहयोगका साथै पोषण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका सघाउने र सहयोग गर्ने कार्यक्रम रहेको उनले बताइन् ।

त्यसैगरि, कार्यक्रमलाई सम्बोधन गर्दै युनिसेफका चिया भणडारीले कोभिडले वहुयामिक प्रभावित भएका पाँच वर्ष मुनिका दलित घरपरिवारलाई स्थानीय तहमार्फत आर्थिक सहयोगको साथै पोषण, खानेपानी, बालसंरक्षण, सरसफाइका क्षेत्रमा सहयोग गर्ने कार्यक्रम रहेको बताइन् ।

कोरोनाले महामारीले ४४ प्रतिशत जनता प्रभावित भएकोमा ३५ प्रतिशत बालबालिका रहेकोले उनलाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालन गर्न लागेको उनले जानकारी दिइन् ।

प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले स्वागत मन्तव्य राखेका थिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?