Tuesday, November 26, 2024
spot_img

ट्रेन्डिङ :

गुल्मीमा एकैपटक ८० हजारलाई काेभिडविरुद्धकाे खोप लगाइँदै

spot_img
spot_img

मंसिर ८ गुल्मी

गुल्मीमा एकैपटक ८० हजार नागरिकलाई काेभिड-१९ विरुद्धकाे खोप लगाउन सुरु गरिएको छ । जिल्लामा अहिलेसम्म करिब साढे ६२ हजारले खोप लगाएका छन् । तर, मंगलबारबाट १८ वर्ष माथिका नागिरकलाई पुग्नेगरी खाेप लगाउन सुरु भएकाे प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । मंगलबारबाट जिल्लाका १२ वटै स्थानीय तहका सबै स्वास्थ्य सस्थाबाट खोप अभियान सञ्चालन भइरहेको छ ।

जिल्ला आएकाे ८० हजारमध्ये ७९ हजार ६ सय डोज खोप १२ वटै स्थानीय तहमा पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए । यो खोप १८ वर्ष भन्दा माथि र तीन महिनाको गर्भ नाघेका महिलालाई परिचय पत्रको आधारमा दिइने व्यवस्था मिलाइएको आचार्यले बताए । खोप अभियान बिहीबारसम्म चल्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?