काठमाडौं, २० मंसिर
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापतिमा साझा उम्मेदवार बनाउने समझदारी गरेका छन् ।
सोमबार साँझ पौडेल निवास बोहराटारमा बसेको बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएको हो ।
पौडेल समूहबाट पौडेलसहित, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला सभापतिमा आकांक्षी छन् ।