मुगु, २३ पुस
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल निर्वाचित भएका छन् । अनेरास्ववियु मुगुको ११ औं जिल्ला अधिवेशनले रावललाई अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
अनेरास्ववियु जिल्ला कमिटी मुगुका सहईन्चार्ज गणेश सेजुवालले दिएको जानकारी अनुसार सबै पदाधिकारी र ४१ सदस्य सर्वसम्मत चयन भएका हुन् । उनका अनुसार उपाध्यक्षमा रोशन शाही लगायत अन्य २ जना चयन भएका छन् ।
त्यस्तै सचिवमा लेखराज परियार सहित ४१ सदसिय समिति चयन भएको सेजुवालले जानकारी दिए । कर्णाली प्रदेश सभाका सदस्य तथा विधान समितिका सभापति दान सिंह परियारको प्रमुख आतिथ्यमा सभा उद्धघाटन भएको थियो भने समितिले जिल्लामै पहिलो पटक र्यालीसहित अधिवेशन सम्पन्न गरेको हो ।