दाङ । दाङको घोराही उपमहानगरपालिकाका १३६ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रम गरी कांग्रेस दाङले उनीहरूलाई सदस्यता प्रदान गरेको हो । १३६ युवा कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिए । संविधानसभा सदस्य राजु खनाल, कांग्रेस दाङका पूर्वसचिव कमलकिशोर घिमिरे, निवर्तमान क्षेत्रीय सभापति भूपबहादुर डाँगी, महाधिवेशन प्रतिनिधि बद्रीकुमार खड्कालगायत नेताले उनीहरूलाई स्वागत गरेका थिए ।