बैतडी, २८ पुस
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बैतडीका नेता सन्तोश राना क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा एकल महिलालाई राहत सामग्री बितरण गरेक छन् ।
आफूले जन्मदिन मनाउने खर्च कटौती गर्दै उनले पाटन नगरपालिका ९ धारापानी बस्ने हरिना लुहारको परिवारलाई राहत सामग्री बितरण गरेका हुन् ।
युवा नेता रानाले भने,‘मलाई दुःख पीडामा परेका मान्छेहरु देखेर सहयोग गर्न मन लाग्छ । त्यसैले जन्मदिन मनाउनमा अन्य खर्च नगरेर उहाँलाई सानो सहयोग गरेको हुँ ।’
अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका रानाले एकल महिला लुहारलाई खाद्यान्न र कम्बल बितरण गरेका हुन् । राना यसअघि समेत बिभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ ।
राहत प्राप्त गर्ने एकल महिला लहुारले राना प्रति आभार व्यक्त गरिन् ।