Sunday, September 8, 2024

ट्रेन्डिङ :

कर्मचारी सरुवा रोक्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले कर्मचारी सरुवामा रोक लगाएको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै कर्मचारी सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको जनाएको हो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि अस्थायी मतदाता नामावली संकलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा निर्वाचनको कामकाजबा बाधा पुग्ने आयोगले जनाएको छ ।

आयोगले कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भए पूर्व स्वीकृति लिनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार यसअघि सरुवा भइसकेका तर रमाना लिन बाँकी कर्मचारीलाई पनि तत्काल रमाना दिएर सरुवा भएको स्थानमा पठाउन आयोगले निर्देशन दिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?