Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

लम्बिनी प्रदेशसभामा एकीकृत समाजवादी निल

spot_img
spot_img

काठमाडौं । सत्ता गठबन्धनबीच सिट भागबन्डामा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा निल भएको छ । टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले एक सिट पनि पाएन ।

गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ‘क’ माओवादी केन्द्र र ‘ख’ कांग्रेसले पाएको छ । क्षेत्र नम्बर २ अन्तर्गत पनि ‘क’ कांग्रेस र ’ख’ माओवादीको भागमा परेको छ ।

यस्तै, पाल्पा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाउँदा क्षेत्र नम्बर २ अन्तर्गत ’क’ नेपाली कांग्रेस र ’ख’ माओवादी केन्द्रको भागमा परेको छ ।

त्यस्तै अर्घाखाँचीमा दुईवटा क्षेत्र काँग्रेस र माओवादी केन्द्रले पाएको छ ।रुपन्देही १ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाएको छ भने क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभातर्फ ‘क’मा कांग्रेस र ‘ख’मा माओवादीले पाएको छ । रुपन्देही–३ को प्रदेशसभामा ‘क’ लोसपा र ‘ख’ कांग्रेसको भागमा परेको छ ।

रुपन्देही क्षेत्र नम्बर ४ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाएको छ भने ५ को ‘क’ मा माओवादी केन्द्र र ‘ख’मा कांग्रेसले पाएको छ । कपिलवस्तु क्षेत्र नम्बर १ र २ को प्रदेशसभा काँग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर ३ को ‘क’ मा माओवादी केन्द्र र ‘ख’मा कांग्रेसका लागि छुट्टयाइएको छ ।

यस्तै, रुकुमपूर्वमा प्रदेशसभाका दुवै क्षेत्र माओवादीको भागमा परेका छन् । रोल्पामा ‘क’ माओवादी केन्द्र र ‘ख’ कांग्रेसले पाएको छ । प्यूठानमा प्रदेश सभातर्फ ‘क’ माओवादी केन्द्र र ‘ख’ कांग्रेसको भागमा परेको छ । दाङ १ को प्रदेशसभा ‘क’ मा माओवादी केन्द्र र ‘ख’ कांग्रेसको भागमा परेको छ भने २ मा प्रदेशका दुवै क्षेत्र काँग्रेसले पाएको छ ।

त्यस्तै दाङ ३ मा प्रदेशतर्फ ‘क’ काँग्रेस र ‘ख’ माओवादी केन्द्रले बाँडेका छन् । बाँके १ को प्रदेश सभातर्फ ‘क’ माओवादी केन्द्र र ‘ख’ कांग्रेसको भागमा परेको छ । बाँके २ को प्रदेशसभा ‘क’ खाली राखिएको छ भने ‘ख’ कांग्रेसले पाएको छ ।

बाँके ३ मा प्रदेश ‘क’तर्फ माओवादी केन्द्र र ‘ख’ कांग्रेसले पाएको छ भने बर्दिया १ को प्रदेश ‘क’मा कांग्रेस र ‘ख’ माओवादी केन्द्रको भागमा परेको छ ।

बर्दिया २ मा ‘क’ काँग्रेस र ‘ख’ माओवादी केन्द्रले पाएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ को प्रदेशतर्फ ‘क’ कांग्रेस र ‘ख’ माओवादीको भागमा परेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ को प्रदेशतर्फ ‘क’ माओवादी केन्द्र र ‘ख’ कांग्रेसले पाएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?