Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

रुपन्देहीमा विष्णु पौडेल समूहका खिमलाल भट्टराई किकआउट

spot_img
spot_img

बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उमेदवारमा एमालेका तर्फबाट वासुदेव घिमिरेलाई आधिकारिकता दिइएको छ । आइतबार भएको मनोनयनमा एमालेका दुई जनाले उमेदवारी दर्ता गराएका थिए । घिमिरे र खिमलाल भट्टराईले उमेदवारी दर्ता गराएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयनै निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिले दर्ता गर्ने व्यक्तिलाई नै आधिकारिकता प्रदान गरेको हो । भट्टराई विष्णु पौडेल निकट नेता मानिन्छन् । 

आइतबार रूपन्देही–५ मा एमाले दुई जनाको उम्मेदवारी दर्ता भएको थियो। प्रतिनिधि सभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए। घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले साँझ ५ बजे उम्मेदवारी दर्ता गराएका थिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?