काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारसहित ३ जनाको उम्मेदवारी खारेज भएको छ। रुपन्देही क्षेत्र नं. २ का गठबन्धनतर्फका उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो।
कार्यालयले सोही क्षेत्रका हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको पनि उम्मेदवारी खारेज गरेको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार हिमाल बश्यालको उम्मेदवारी पनि कार्यालयले खारेज गरेको छ। गठबन्धनका उम्मेदवार गुरुङ पौडेलका मुख्य प्रतिस्पर्धी हुन्।