Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना

spot_img
spot_img

काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (शुक्रबार बिहान) पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले जारी गरेको मौसम पुवार्नुमान बुलेटिन अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। 
बुलेटिनअनुसार आज दिउँसो गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा तथा प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मौसमविद्का अनुसार दैनिक रूपमा तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। 

महाशाखाकी मौसमविद् सजिना शाक्यले दिएको जानकारीअनुसार अहिले बिहानको मापनअनुसार काठडमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.६ डिग्री सेल्सियस छ। अन्य स्थानको तापक्रम विवरण आउन भने बाँकी छ। 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?