बुटवल । नेपाली कांग्रेसका नेता प्रमोद यादवका छोरा निखिलले कार पछाडि हटाएर घाइते बनाएको भन्दै घाइतेहरुले कारबाही गर्न माग गरेका छन् । शुक्रबार राति निखिलले बुटवलको एक क्लब अगाडि बा ०१–०२ ६६२९० नम्बरको कार ब्याक गरेर ६ जनालाई घाइते बनाएको उनीहरुको भनाइ छ ।
कारको ठक्करबाट तानसेन नगरपालिका–४ का कुनल श्रेष्ठ, बुटवल उपमहानगरपालिका–८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका–१० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका–७ का सुरज पाण्डे, बुटवल–१२ का दीपक पुन र बुटवल–१३ का मनोज थापा घाइते भएका थिए । कुनल र सुजल पाण्डेको तिनाउ हस्पिटलमा उपचार भइरहेको छ । २ जनाको चौराह अस्पतालमा उपचार भइरहेको छ भने दुई जना सामान्य उपचारपछि घर फर्केका छन् ।