नवलपरासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी चुनावी सभामा दुई जना प्रदेशसभा सदस्य उम्मेदवार उपस्थित भएनन् ।
मंगलबार नवलपरासीको क्षेत्र नं. १ मा आयोजना गरेको सत्तागठबन्धनको चुनावी सभालाई सम्बोधन देउवा र प्रचण्ड बर्दघाटको चौपाता पुगेका थिए । तर त्यहाँ क्षेत्र नं. १ को प्रदेश सभा २ का उम्मेदवार उपस्थित् भएनन् । केन्द्रीय गठबन्धनअनुसार क्षेत्र नं. १ को प्रदेशसभा १ मा नेपाली कांग्रेस र २ मा माओवादी केन्द्रका उम्मेदवारलाई उठाउने सहमति भएको थियो । तर माओवादी केन्द्रले पाएको क्षेत्रमा पनि कांग्रेसले उम्मेदवार उठाएपछि दुई पार्टीबीच जिल्ला स्तरमा खटपट छ ।