Sunday, September 8, 2024

ट्रेन्डिङ :

अश्लील हर्कत गर्ने डीन जोगाउन उपकुलपति लागेको आरोप, बर्खास्त गर्न माग

चितवन । जुम बैठक चलिरहेको बेला महिला कर्मचारीलाई तानेर यौनजन्य हर्कत गर्ने कृषि तथा वन विश्वविद्यालयका डीन जयप्रकाश दत्तलाई जोगाउने नियतले छानबिन समिति बनाइएपछि प्राध्यापकहरू नै असन्तुष्ट बनेका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन कृषि तथा वन विज्ञान विश्वविद्यालयले बिहीबार प्रेस वक्तव्य जारी गर्दै कार्यकक्षभित्रै अनैतिक हर्कत गर्ने डीनलाई निलम्बन होइन बर्खास्त गर्न माग गरेको छ । उपाध्यक्ष सरोज सापकोटा र सचिव डा। हिमाल लुइटेलले जारी गरेको विज्ञप्तिमा दत्तलाई बर्खास्त नगरे सशक्त प्रतिकारमा उत्रिने चेतावनी दिइएको छ ।

संगठनले डीनजस्ता गरिमामय पदमा बसेको व्यक्तिले गरेको अश्लील हर्कत सामाजिक र कानूनीरूपमा बर्जित तथा दण्डनीय अपराध भएकाले प्राध्यापन पेशा र विश्वविद्यालयको गरिमा जोगाउन उनलाई बर्खास्त गर्नुपर्ने बताएको छ ।

दत्तले मंगलबार जुम बैठक चलिरहेका बेला कार्यालय सहयोगी महिलालाई तानेर संवेदनशील अंग चलाउँदै चुम्बन गरेको भिडिओ बाहिरिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?