Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

spot_img
spot_img
spot_img

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

१२ दिन पहिले अस्पताल भर्ना भएका उनी शनिबार डिस्चार्ज भएका हुन । यद्यपि चिकित्सकको सल्लाह अनुसार अझै केही दिन होम आइसोलेसनमा बस्ने कोइरालाले जानकारी दिएका छन् ।

स्वास्थ्यमा क्रमिक सुधार आएसँगै चिकित्सकसँगको परामर्शमा डिस्चार्ज भएको उनले बताए । महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

कोइरालाको ११ औं दिनका दिन हिजो स्वाब संकलन गरिएको थियो । सात गते पुनः स्वाब परीक्षण गरिने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?