अर्घाखाँची । अर्घाखाँचीको संघीय तथा खानेपानी कार्यालयका कर्मचारीहरु कार्यालय समयमा लुडो खेल्दै गरेको फोटो भाइरल भैरहेको छ । जनताको रगतपसिना बाट आएको करबाट तलबभत्ता लिएर सुखसयलको जीवन विताइरहेका कर्मचारीहरु कार्यालयमा सेवा दिन छाडेर कार्यालयको बाहिर लुडो खेलिरहेको फोटो सामाजिक संजालमा भाइरल भैरहेको छ । कर्मचारीहरुको यस्तो गैरजिम्मेवारी हर्कतको सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ ।