Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

जनमत पार्टीका पूर्वमन्त्री खानको अश्लील भिडियो सामाजिक सञ्जालमा भाईरल

spot_img
spot_img

काठमाडौँ । जनमत पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री अब्दुल खान सेक्स ट्रयापमा परेका छन् । भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल भएको छ । सुरुमा युवतीको तस्बिर र नाममा फेसबुकबाट प्रवेश गरेका भारतीय गिरोहले मन्त्री खानसँग केही दिन प्रोफेसनल कुराकानी गरेपछि एकाएक ह्वाट्सएपमा सम्पर्क गरी अश्लील हर्कत सुरु गरेका थिए । त्यसपछि पूर्वमन्त्री खानले पनि अश्लील हर्कत गरेको भिडियोमा देख्न सकिन्छ ।

ह्वाट्सएपमा भएको भिडियो कलको स्क्रिन रेकर्ड गरी भारतीय गिरोहले पूर्वमन्त्री खानसँग रकमको बार्गेनिङ गरेको बुझिएको छ । खानले रकम दिन इन्कार गरी फेसबुकमा जोडिएका गिरोहका सदस्यलाई ब्लक गरेपछि गिरोहका सदस्यले उक्त भिडियो खानका फेसबुकमा जोडिएका अन्य व्यक्तिहरूलाई पठाएका थिए । सोही भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल बनेको छ ।

उक्त भिडियो के कसो भएको हो भन्ने रातोपाटीको प्रश्नमा पूर्व मन्त्री खानले सुरुमा फेसबुकमा साथी बनेर व्यवहारिक कुराकानी गरेकी ‘युवती’ले पछि ह्वाट्सएपमा भिडियो कल गरेर अश्लील भिडियो बनाएको स्वीकार गरे । पूर्वमन्त्री खानले भने, ‘मलाई भारतीय गिरोह नै हो भन्ने लाग्छ । मसँग रकमको बार्गेनिङ भने भएन । सुरुमा त्यस्तो अश्लील भिडियो थिएन, त्यो भिडियो जोडिएको हो जस्तो लाग्छ । जब पछि अश्लीलता देखाउन थालियो, त्यसपछि मैले भिडियो कल काटेर ब्लक गरेको हुँ ।’

यस सम्बन्धमा आफुले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिसकेको खान बताउँछन् । पूर्वमन्त्री खानले उक्त भिडियो इडिट गरी तयार पारिएको र आफूले कुनै अश्लील हर्कत नगरेको समेत दाबी गरे । उनले भने, ‘अनुहार मेरो हो, तर त्यहाँ यौन अङ्ग देखाएर अश्लील बनाइएको छ, त्यो मेरो होइन । त्यस विषयमा सायद भारतमा पनि अनुसन्धान भइरहेको होला खानले भने ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?