Wednesday, January 15, 2025

ट्रेन्डिङ :

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

spot_img
spot_img
spot_img

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड- १९)को संक्रमण दिनदिनै बढ्दै गइरहेको अवस्थामा युनियनको निर्वाचन गर्दा थप संक्रमण फैलिने भन्दै उक्त निर्णय लिइएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने र अहिलेको समितिलाई वैशाखसम्म निरन्तरता दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

‘असोज २४ गतेका लागि तय भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने र अहिलेको कार्यसमितिलाई २०७८ वैशाखसम्म निरन्तरता दिने निर्णय भएको छ ,’ भट्टराईले भने ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्नका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई पत्र लेखेका थिए । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर उक्त निर्वाचन स्थगित गरिदिन आग्रह गरेका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?