Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

अर्घाखाँचीमा भाषण गरेका टोपबहादुरलाई बुटवलपुगेपछि कांग्रेस नेता बालकृष्ण खाडले भगाए !

spot_img
spot_img

काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझी बुधवार दिउँसो अर्घाखाँचीको एउटा विद्यालयको हिरक महोत्सवमा सहभागी थिए । विशिष्ट अतिथिको रूपमा भाषण गरिरहँदा पक्राउ पुर्जी जारी भएपछि सभामुख देवराज घिमिरेसँगै बुटवल झरेका थिए । राति बुद्ध एअरको उडानमा काठमाडौं फर्कनुपर्ने रायमाझी एकाएक सम्पर्कविहीन भए । त्यसअघि अर्घाखाँचीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उक्त अभियोगको सामना गर्ने बताए तर बुटवल पुग्दासम्म प्रहरीले लोकेसन ट्र्याक गरे पनि त्यसपछि एकाएक ‘लापत्ता’ भएका हुन् । पूर्वगृहमन्त्री समेत रहेका काँग्रेस नेता बालकृष्ण खाणसँग गोप्य भेटघाट गरेपछि रायमाझी सम्पर्कविहीन बनेको स्रोतको दाबी छ ।

त्यसपछि केही सञ्चारमाध्यमले रायमाझी भैरहवामा पक्राउ परेको खबर प्रकाशित गरे । त्यो दिन बुटवलको एक कार्यक्रममा नेपाल प्रहरीका आइजीपी बसन्त कुँवर सहभागी थिए । रायमाझी भैरहवामा पक्राउ परेको समाचारले रुपन्देही प्रहरीको टाउको दुखेको थियो । कार्यक्रममा सहभागी वरिष्ठ प्रहरी अधिकृतहरुलाई रायमाझी पक्राउसम्बन्धी समाचारको जवाफ दिनलाई भ्याईनभ्याई नभएको धेरैले देखेका थिए । त्यसपछि रायमाझी पक्राउ नपरेको पुष्टि भएको हो ।

रायमाझीबारे अहिलेसम्म प्रहरीले थप जानकारी दिन सकेको छैन । उपप्रधानमन्त्री र पटक पटक मन्त्री भएका,एमाले सचिव रहेका र बहालवाला सांसद रायमाझी अभियोगको कानूनी सामना गर्नुको साटो लुकेपछि आशंकालाई बल मिलेको हो । उनलाई केही समय लुक्न पूर्वगृहमन्त्री बालकृष्ण खाँणले सुझाव दिएको भन्नेहरु धेरै छन् । खाँणले गृहमन्त्री भएपछि रोजेर टेकनारायाण पाण्डेलाई गृहसचिवमा ल्याएका थिए । खाँण गृहमन्त्री रहुञ्जेल मन्त्रालय श्रीमती मञ्जुको निर्देशनमा चलेको त्यतिबेलै चर्चा थियो । गत आमनिर्वाचनमा मुलुकभरका जिल्ला प्रहरी र चौकीबाट चुनाव खर्च उठाएकी मन्जु खाडले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको मिलेमतोमा नक्कली भुटानी शरणार्थीको अभियानलाई टेवा दिएको आशंका गरिएको थियो । पाण्डेको बयानले समेत उक्त कुरालाई पुष्टि गरेको छ । उनले आफूले माथिको निर्देशन पालना गरेको बताएका छन् । पाण्डेले भनेको माथिको निर्देशन गृहमन्त्रीको भएको र त्यसमा मञ्जुहरुको संलग्नता रहेको काँग्रेसीजनको आशंका छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?