Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

गाउँपालिका अध्यक्षले किर्ते गरेर परीक्षा दिएको आरोप, एउटै नम्बरका दुई उत्तरपुस्तिका फेला

spot_img
spot_img

सिन्धुली । जिल्लाको मरिण गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्तानले नक्कली परीक्षार्थी राखेर कक्षा १२ को परीक्षा दिएको आरोप लागेको छ । हिजो सामाजिक विषयको परीक्षामा एउटै सिम्बोल नम्बरका दुईवटा उत्तरपुस्तिका फेला परेपछि उनी विवादमा तानिएका हुन् ।

कक्षा १२ को परीक्षाको तेस्रो दिन मोक्तान माध्यमिक विद्यालय कपिलाकोटको परीक्षा हलमा उपस्थित थिए । उनले परीक्षा सकेर कापी बुझाए पनि । तर, एकछिनपछि बाहिरबाट लेखेर ल्याइएको अर्को कापी मिसाउन खोज्दा घटना सार्वजनिक भएको हो । शिक्षा समन्वय ईकाई सिन्धुलीले अध्यक्ष मोक्तानमाथि कारवाही गर्नुको साटो एउटा उत्तरपुस्तिका रद्द गरेर उनलाई संरक्षण गरेको पाइएको छ ।

सो विद्यालयमा गडबडी भएको सुचना पाएपछि प्रमुख जिल्ला अधिकारी सुनिता न्यौपाने, प्रहरी उपरिक्षक राजकुमार सिलवाल र शिक्षा समन्वय कार्यालय सिन्धुलीका प्रमुख निर्मल घिमिरे समेत अनुगमनका लागि आइपुगेका थिए । उनीहरु विद्यालयमै हुँदा एउटै सिम्बोल नम्बरका दुई उत्तरपुस्तिका समातिएका हुन् ।

यसअघिका दुई परीक्षामा गाउँपालिका अध्यक्षलाई लाइब्रेरीमा एक्लै राखेर परीक्षा दिन लगाइएको दावी समेत गरिएको छ । हिजो भने उनलाई अन्य परीक्षार्थीसँगै राखिएको थियो । सिन्धुलीबाट परीक्षा अनुगमनमा हिँडेको प्रजिअसहितको टोली मावि खयरसालमा खाना खाएर परीक्षा सकिने बेला कपिलाकोट केन्द्रमा आइपुगेको थियो । उनीहरु परीक्षा हलभित्र प्रवेश गरेकै समयमा सोही विद्यालयका एक शिक्षकले अध्यक्ष मोक्तानको सिम्बोल नम्बर लेखिएको कापी काउन्ट गरेर प्याकिङ गर्न लागेका व्यक्तिलाई बुझाउन खोज्दा सो कापी समातिएको थियो ।

बाहिरबाट लेखेर ल्याइएको कापी र परीक्षा हलमा बितरण गरिएको कापी साट्ने क्रममा खेताला परीक्षार्थी ९सोही विद्यालयका शिक्षक० ले गार्ड बसेका माझी थरका शिक्षकलाई बुझाएर टाप कसेका थिए । गार्डको हातमा एउटै सिम्बोल नम्बरका २ वटा कापी फेला परेपछि केन्द्राध्यक्ष रहेकी प्रधानाध्यापक ९माओवादी कार्यकर्ता० ले भुलवश बढी कापी बाडिएको भन्दै प्रजिअ न्यौपानसामु कुरा मिलाएकी थिइन् । त्यसपछि शिक्षा समन्वय प्रमुख घिमिरेकै निर्देशनमा एउटा कापीलाई रद्द गरी अध्यक्ष मोक्तान र नक्कली परीक्षार्थीलाई जोगाइएको अनुगमनमा खटिएका एक अधिकारीले बताए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?