काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पक्राउ पर्नु र पार्टीबाट निलम्बनमा पर्नुमा आफूहरुको भूमिका रहेको बताएका छन् ।
शनिबार भ्रष्टाचारविरोधी प्रदर्शनमा सहभागी हुन नक्सालस्थित नारायणचौर पुगेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयका कारण अन्य दलहरु दबावमा परेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गत महिना लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको थियो ।
अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुमा र नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्नुमा आफूहरुको भूमिका रहेको बताए ।