काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणसहित विभिन्न विषयमा प्रश्न सोधेका छन् । बिहीबार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा सुवालले नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर नक्कली शरणार्थी बनाउने देश किन बनाउनु भयो भन्दै प्रश्न गरे । उनले नक्कली भुटानी शरणार्थी बनाउने नाममा राज्यविरुद्धको कसुर, मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, सरकारी कागजात कीर्ते, सार्वजनिक सम्पत्ति दुरुपयोग, सरकारी गाडीमा भ्रष्टाचारको करौडौँ रुपैया ओसार पसार, ठगी लगायत काण्ड मच्चाएका आरोपीहरुलाई के कस्तो कानुनी कारबाही हुन्छ भन्दै प्रश्न समेत गरे । यस्तै उनले नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु उन्मुक्ति दिने खतरा रहेको समेत औँल्याए ।
जवाफमा प्रचण्डले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने संगठित अपराधमा संलग्नमाथि कडा कारबाही हुने बताए । सरकारले यो प्रकरणमा कसैप्रति पनि आग्रह पूर्वाग्रह नराख्ने प्रचण्डको भनाइ थियो यो मुद्दा कुनै पार्टी, नेता वा सरकार विशेषको मात्रै नभइ यो विषय राष्ट्रिय तथा अन्तर्राष्ट्यि विषय भइसकेको प्रचण्डले बताए । उनले ख्वप विश्वविद्यालय बनाउन सरकार लागिपरेको पनि बताए ।