Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

भ्रष्टाचारमा चुर्लुम्म डुब्यो नुवाकोटको सूर्यगढी नगरपालिका

spot_img
spot_img

नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिकाले किसानलाई नै लुटेको खुलासा भएको छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथ्य र प्रमाणहरू सार्वजनिक भएका छन । नेपाली कांग्रेसका नेता सन्तबहादुर घले तामाङ नेतृत्वको गाउँपालिका कार्यालयले भ्रष्टाचारमा डुब्नेमात्र नभइ किसानहरूलाई अनुदानका नाममा लुटिरहेको तथ्य समेत खुलेको छ ।

गाउँपालिकाले किसानलाई ट्याक्टर (मिनिटिलर) र ट्रनेलको प्लास्टिकमा अनुदान दिने नाममा लुटेको हो । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनिटिलर बितरण गर्ने नाममा २१ किसानलाई ठगेको छ । ३७ हजार रूपैयाँमा सर्वसाधरणले बजारमै किन्न पाउने मिनिटिलर सूर्यगढी गाउँपालिकाले ४६ हजार रूपैयाँ कायम गरेर किसानलाई बिक्री गरेको भेटिएको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानका नाममा २३ हजारमा मिनिटिलर बेचेको हो । गाउँपालिकाले जसको मूल्य ४६ हजार रूपैयाँ कायम गरेको छ । गाउँपालिकाले वीरगञ्जको कविता एग्रोबाट मिनिटिलर खरिद गरेको हो । यद्यपी गाउँपालिकाले खरिद अघि कुनै सार्वजनिक सूचना आव्हान गरेको आफूहरूलाई समेत जानकारी नभएको कतिपय कर्मचारीले समेत बताएका छन ।

गाउँपालिकाले बजारमै ३७ हजार रूपैयाँ अर्थात जिल्ला सदरमुकाम विदुरमै ३७ हजार रूपैयाँमा किसानले किन्न पाउने मिनिटिलर ४६ हजार रूपैयाँमा किसानलाई बेचेको हो । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनिटिलर बितरण गरेको भन्दै किसानले भने दंग परेर किनेका छन् ।

नुवाकोटमै अनुदानको मिनिटिलर बितरण गर्ने कृषि ज्ञान केन्द्रले पनि सोही बिबरण र कम्पनीको सामान ३७ हजार रूपैयाँमा उपलब्ध गराइरहेको छ । जुनकुरा कृषि ज्ञान केन्द्रले आफ्नो सूचना मार्फत नै सार्वजनिक रूपमै जानकारी दिएको छ ।

गाउँपालिकाको नेतृत्व र प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेलको मिलेमतोमा किसान लुटिएको विषय तथ्यसहित बाहिर सार्वजनिक हुँदा पनि कारबाहीका सम्बन्धित निकायहरूले खासै चासो दिएका छैनन् ।

गाउँपालिकाले किसानलाई ठगी गरेर विषय नेकपा एमालेका नेता समेत रहेका गउँपालिकाका प्रमुख प्रतिपक्षी दलका नेता राजेन्द्र रिजालले सामाजिक सञ्जाल मार्फत तथ्य सार्वजनिक गरेका थिए । प्रमुख प्रतिपक्षी दलका नेता रिजालले सार्वजनिक रूपमै खबरदारी गरेपछि गाउँपालिका अध्यक्षले कविता एग्रोलाई भुक्तानी रोकेको गाउँपालिकाका कर्मचारीहरूले बताएका छन ।

गाउँपालिका अध्यक्ष घलेले भने आफूले अनियमिततामा संलग्न भएका कर्मचारी र प्रशासकीय अधिकृतलाई कार्यकक्षमै बोलाएर कारबाहीको चेतावनी दिएको समेत बताएका छन । यस्तै गाउँपालिकाले ट्रनेल प्रविधिको तरकारी खेतीका लागि आवश्यक पर्ने प्लाष्टिकको खरिदमा समेत व्यापक भ्रष्टाचार गरेको छ । गाउँपालिकाले कोटेशन माग्नेक्रममा सुप्रिमको ट्रिपोलिनको लिएर पावर पोलिनको प्लाष्टिक खरिद गरेको र यसमा पनि किसान ठगेको पाइएको छ ।

गाउँपालिकाले ५ हजार २ सय रूपैयाँ पर्ने सुप्रिमको ट्रिपोलिन प्लाष्टिकको कोटेशन लिएर ३ हजार ५ सय रूपैयाँ मूल्यको पावर पोलिन खरिद गरेको हो । गाउँपालिकाले यसमा पनि किसानलाई ५० प्रतिशत अनुदान दिने नाममा ३ हजार ५ सयमा किनेको प्लाष्टिकको ६ हजार रूपैयाँ मूल्य कायम गरी ३ हजारमा बिक्री गरेको छ ।

गाउँपालिकामा देखिनेगरी भ्रष्टाचार भैरहेको र अनुदानका नाममा किसान ठगिरहेका प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेलसँग प्रतिक्रियाका लागि फोनमा सम्पर्क गर्ने प्रयास गरे पनि उनी सम्पर्कमै आउन चाहेनन् । गाउँपालिकामा एकपछि अर्को भ्रष्टाचार छर्लङ्गै हुँदा पनि सम्बन्धित निकायले अनुसन्धान र छानविनको काममा कुनै चासो दिएका छैनन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?