Sunday, September 8, 2024

ट्रेन्डिङ :

मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा पनि छिर्यो : प्रेम आले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिनाथ पसेको बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले पशुपतिनाथ मन्दिरमा भएको अनियमितता छानबिन गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री सुदन किराँतीले लुकाएको आरोप लगाए। पशुपतिनाथमा पटकपटक भएका चोरी र लुटपाटमा संलग्न व्यक्तिलाई मन्त्री किरातीले जोगाएको आरोप उनले लगाए।

‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ। २०७९ माघ १४ मा पहिलोपटक अर्थमन्त्रालयमा तार काटियो। छानबिन समिति बन्यो, उनले भने, छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो। चोरलाई संरक्षण गरियो। घ्याम्पे दान पेटिका हरायो। मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ । उनले बायुसेवा निगम र नागरिक उड्ड्यन प्राधिकरणमा पनि अनिमियतता भएको भन्दै प्रश्न उठाए। महालेखाको प्रतिवेदनमा वायुसेवा निगम १ अर्ब ७० करोड घाटामा र ५० अर्ब ऋणमा रहेको बताए पनि किराँतीले ३ अर्ब कमायो भनेर ढाँटेको भन्दै उनले पर्यटनमन्त्रीको जवाफ पनि माग गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?