Wednesday, January 1, 2025

ट्रेन्डिङ :

तिनाउ नदीमा पानीको बहाव बढेसंगै बस्ती पनि जोखिममा

spot_img
spot_img
spot_img

बुटवल । अविरल बर्षाका कारण रुपन्देहीको बुटवलस्थित तिनाउ नदीमा पानीको बहाब बढेको छ । बहाब बढेसंगै आसपासका क्षेत्रमा उच्च जोखिम बढेको छ ।

बाढीले बुटवल ११ बुद्धनगर,माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का केही भागमा कटान थालेकोे हो ।

बाढीले अहिलेसम्म बुद्धनगर, मझुवा र मैनाबगर जोड्ने सडकको केहीभाग र नदी कटान रोक्न मझुवामा बनाइएको तारजाली र ड्याम बगाएको बुटवल ११ का वडाअध्यक्ष रामचन्द्र खनालले बताउनुभयो ।

नदी आसपासका वस्तीमा जोखीम बढेकाले पानी नरोकिए आसपासका केही वस्ती सार्नुपर्ने उहाले बताउनुभयो । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी सहितको टोलीले तिनाउ स्थलगत अनुगमन गरेको छ ।

बाढी सतर्कताको तह नाघेर खतराको तहमा पुगेपछि पाल्पाको तिनाउ गाउँपालिका दोभानमा रहेको बाढी पूर्व सूचना प्रणालीले निरन्तर साइरन बजाएको छ ।

साइरन बजेलगत्तै बुटवल उपमहानगरले नदी छेउका वासन्दालाई सुरक्षीत हुन सूचना प्रवाह गरेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?