Wednesday, January 15, 2025

ट्रेन्डिङ :

आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काले कहाँ कहाँ रकम लुकाए ?

spot_img
spot_img
spot_img

काठमाडौं । गोपालबहादुर खड्का नेपाल आयल निगमको कार्यकारी निर्देशक हुँदा नै निकै आलोचित थिए । त्यतिबेला खड्काविरुद्ध विभिन्न राजनीतिक संघ संगठनहरुले पनि प्रदर्शनहरु गरेका थिए भने विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताहरुले कालोमोसो दल्ने समेतका काम गरेका थिए । विशेष अदालतले निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर गर्दै जेल सजायको फैसला सुनाएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले गैरकानुनी सम्पत्ति आयआर्जन गरेको ठहर गर्दै उनलाई १३ महिना कैद सजायसहित ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो बमोजिम जरिवाना गराउने फैसला सुनाएको छ । विशेष अदालतले खड्काको घरजग्गा, सेयर नगद बैंक मौज्दात सबै जफत गर्ने आदेश पनि दिएको छ ।

यस्तो छ खड्काको गैरकानुनी खर्च र लगानी

अवैध रुपमा कमाएको सम्पत्तिमध्ये सात करोड ५४ लाख ५७ हजार ८७५ रुपैयाँ अमिता लामाको नाममा लुकाएर राखेको ।
अमिता लामा सोदेम्बाका नाममा एनएमवी बैंकमा रहेको खाताबाट कारोबार गर्ने गरेको ।
गैरकानुनी रुपमा कमाएको रकमबाट साविक महांकाल गाविस ४ स्थित १९१ मा सिजी डेभलपर्सका नाममा ३ करोड २५ लाख बराबरको घर खरिद गरेको ।
सिजी डेभलपर्सलाई घर खरिद गर्न ३ करोड ५० लाख भुक्तानी दिएको ।
८४ लाख ४६ हजारमा ‘टक्सन’ गाडी खरिद गरेको ।
काठमाडौं साबिक विष्णु बूढानिलकण्ठ गाविस ३ मा ६८९, १४८२ र १५२० कित्ता नम्बरको आठ आना जग्गा ४० लाख ११ हजार ८७५ मा खरिद गरेको ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

खड्काले गैरकानुनी रुपमा कमाएको रकम श्रीमती शर्मिला खड्का र तेह्रथुमको जिरीखिम्ती गाविस वडा नं २ घर भई बूढानीलकण्ठ वडा नम्बर ४ बस्ने अमिता लामा सोदेम्बाका नाममा लुकाएर राख्ने गरेका थिए । अदालतमा मुद्दा विचाराधीन अवस्थामा समाचार लेखेको भन्दै सञ्चारकर्मीहरुलाई धम्क्याउने गर्दै आएका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?