तेह्रथुम ।आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गर्नुभएको छ । बिहान १००० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किनुभएका इङ्नाम अपराह्न २ः०० बजेसम्म बैठकमा उपस्थित नभएपछि उहाँलाई खोज्न स्थानीयवासी निस्किएका थिए । खोज्ने क्रममा उहाँकै घर नजिकैको महाभिर भन्ने ठाउँमा शव झुन्डिएको अवस्थामा फेला परेको वडा नं ४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताउनुभयो ।
घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि आज साँझ ७ः३० बजे जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताउनुभयो ।