दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिकालाई भारतीय राजदुतावासले सुविधा सम्पन्न एम्बुलेन्स सहयोग गरेको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारद्धारा नेपाल स्थित दूतावास मार्फत पालिकालाई एम्बुलेन्स उपहार स्वरुप आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष दलजितसिंह धामीलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरिएको हो । स्थानीयको स्वास्थ्यलाई ध्यानमा राख्दै एम्बुलेन्सको लागि अध्यक्ष धामीले पहल गरेको पालिकाले जनाएको छ । नौगाड गाउँपालिका-३ जामीर आधारभूत अस्पतालले प्रयोग गर्ने गरि एम्बुलेन्स संचालन हुने गाउँपालिकाले जनाएको छ ।