Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

प्रधानमन्त्री प्रचण्डको नक्कली भारतीय आधार कार्ड बनाउने एक जना पक्राउ

spot_img
spot_img

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जोडेर नक्कली भारतीय आधार कार्ड, रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्डलगायत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । फोटोसपमार्फत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा भ्रम फैलाउने काम गरेको आरोपमा प्रहरीले टाइगर रानामागर भनिने शेरबहादुर रानामगरलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । एआईजी किरण बज्राचार्यका अनुसार रानामगरलाई आइतबार बुटवलको सुख्खानगरबाट पक्राउ गरिएको थियो । उनलाई थप अनुसन्धानका लागि सीआईबीको टोलीले काठमाडौँ ल्याइरहेको बज्राचार्यको भनाई छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?