काभ्रे । काभ्रेमा क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी नेपालले मसाल जुलुस प्रदर्शनसहित कोणसभा गरेको छ । काभ्रेको बनेपा बिधुत प्राधिकरणदेखि तीन धारा हुँदै रेडक्रस चोकसम्म सयौँको सङ्ख्यामा रहेका नेता तथा कार्यकर्ताहरूले जुलुशसहित नाराबाजी गरेका थिए । मिटरव्याजी, चर्को महँगी, सुनकाण्ड भ्रष्टाचार, भुटानी शरणार्थी मानव तस्करी, किसानको मल बीउँ बजार समस्यालगायत एमसीसी खारेजी, राष्ट्रियता जनतन्त्र र जनजीविकाको समस्या समाधान गर्न माग गर्दै उक्त कार्यक्रम आयोजना गरियको जिल्ला इन्चार्ज सोमान सिङ तामाङले जानकारी दिए ।
कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला संयोजक माधव गौतमले संबोधन गरेका थिए । सरकारले जनताको अधिकार र राष्ट्रियता, जनतन्त्रको लागि गम्भीर नबनेको राष्ट्रघातीलगायतका जनघाती कामहरुको तत्काल खारेज नगरे जनता उक भएर विद्रोहको मशाल बाल्न बाध्य हुने चेतावनी दिए । उक्त कार्यक्रमको सञ्चालन जिल्ला सह-संयोजक ढोग प्रसाद अधिकारिले गरेका थिए ।