Wednesday, January 15, 2025

ट्रेन्डिङ :

प्रशासकीय अधिकृत र लेखा अधिकृतको कार्यालयमै यौन क्रियाकलाप

spot_img
spot_img
spot_img

विराटनगर । इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (पुरुष) र लेखा अधिकृत (युवती) बीच कार्यकक्षमै भएको अनैतिक क्रियाकलापको भिडिओ बाहिरिएको छ। प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत ९महिला कर्मचारी० ले कार्यकक्षमै अनैतिक यौन क्रियाकलाप गरेको भिडिओ सामाजिक सञ्जालमा यतिबेला भाइरल बनेको छ।

कार्यालयमै जडित सीसीटीभी क्यामेरामा उनीहरूले कार्यकक्षमै गरेको अनैतिक क्रियाकलापको भिडिओ कैद भएको हो। सोही भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडिओ असार तेस्रो सातातिरकै भएको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले बताए। उनीहरु बीचको अनैतिक क्रियाकलापको भिडिओ आफूले पनि सामाजिक सञ्जालमा हेरेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत राई विवाहित हुन भने कर्मचारी युवती अविवाहित हुन्।

सार्वजनिक भएको भिडिओमा प्रशासकीय अधिकृत राई पहिलेदेखि नै लेखा अधिकृत (महिला कर्मचारी) को कार्यकक्षमा बसिरहेका हुन्छन्। महिला कर्मचारी बाहिरबाट आफ्नो कार्यकक्षमा प्रवेश गर्दा राईसँग टासिँदै गएर आफ्नो कुर्सीमा बस्छिन्। त्यसपछि राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, गालामा सुम्सुम्याउने क्रियाकलाप गर्छन्। त्यसपछि दुबैले एकअर्कालाई चुम्बन गर्ने लगायतका गतिविधि गरेको भिडिओमा देख्न सकिन्छ।

हाल माईजोगमाई गाउँपालिकाका प्रशासकीय अधिकृत रहेका गोकुलप्रसाद संजेलले आफ्नो कार्यलयका पूर्व प्रमुख प्रशासकीय अधिकृत राई र महिला कर्मचारीबीचको अनैतिक गतिविधि आफूले पनि मंगलबार मात्रै सामाजिक सञ्जालमा हेरेको बताए। दुई कर्मचारीबीच अफिसको कार्यकक्षमै भएको अनैतिक क्रियाकलापको भिडिओ सुरुमा रुटिन अफ इलाम बन्द फेसबुक पेजले सार्वजनिक गरेको थियो। उक्त फेसबुक पेजले फरक फरक समयमा फरक फरक भिडिओ तीन पटक पोष्ट गरेको थियो। उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र लेखा अधिकृत (महिला) ले कार्यालयमै हर्कत गरेको उल्लेख छ। कार्मचारीले कार्यकक्षमै अश्लिल हर्कत गरेको भिडिओ सार्वजनिक भएपछि यतिबेला उनीहरुको आलोचना भइरहेको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?