Wednesday, January 15, 2025

ट्रेन्डिङ :

भूकम्पपीडितका लागि राहत सामग्री लिएर पोखरा आइपुगे दुई चिनियाँ विमान

spot_img
spot_img
spot_img

काठमाडौं । जाजरकोट भूकम्पका पीडितलाई राहत बोकेर चिनियाँ सेनाका दुई जहाज नेपाल आइपुगेका छन्। चीनबाट राहत बोकेर चिनियाँ सेनाका दुई कार्गो विमान बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। यहाँबाट उक्त राहत सामग्री सरकारको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याउने तयारी छ। उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ। यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो।

यसअघि पहिलो खेपमा राहत सामग्री बोकेका ट्रकहरू सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको छ। राजदूत सोङका अनुसार मंगलबार घोषणा भएको १३ मिलियन आरएमबी अर्थात् नेपाली १ करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको छ। नेपालका भूकम्पपीडितका लागि रेडक्रस सोसाइटी अफ चाइनले दिने यो नगद सहयोगलाई चीनले आपत्कालीन नगद सहयोग भनेको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?