Sunday, September 8, 2024

ट्रेन्डिङ :

मुनाफा घटेपछि एनसेलबाट बाहिरियो एक्जियटा

काठमाडौं । नेपाली निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलमा लगानी गरेको मलेसियन कम्पनी एक्जियटा ग्रुप आम्दानी घट्दै गएपछि बाहिरिएको छ। २०७२ सालमा टेलिया सोनेराको सेयर लिएर एनसेलमा लगानी गरेको एक्जियटा ग्रुपले सुरुका वर्षहरुमा आक्रामक मुनाफा आर्जन गरेको थियो। तर, पछिल्ला केही महिनादेखि उच्च मुनाफामा गिरावट आउन थालेपछि एक्जियटा ग्रुपले बुधबार विज्ञप्ति जारी गर्दै एनसेलबाट हात झिक्ने निर्णय गरेको जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको रिपोर्ट अनुसार एनसेलका ग्राहक घटेको देखिन्छ। २०७९ चैतमा १ करोड ३४ लाख ग्रहाक रहेकोमा २०८० असारमा आउँदा १ करोड ३२ लाखमा सिमित भएका छन्। अर्थात ३ महिनामा २ लाख ग्रहाक घटेका थिए।

एक्जियटाले टेलिया सोनराको सेयर खरिद गरी एक्जियटा नेपालमा भित्रिएको थियो। एक्जियटाले विश्वका विभिन्न ६ वटा मुलुकमा दूरसञ्चार सेवा दिँदै आएको छ। नेपालमा एनसेल ब्रान्ड सञ्चालन गरेको एक्जियटा ग्रुपले इन्डोनोसियामा एक्सएल एक्जियटा, श्रीलंकामा डाइलग, बंगलादेशमा रोबी, कम्बोडियामा स्मार्ट, र मलेसियामा सेलकोम डिजी सञ्चालन गर्दै आएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?