Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

ट्याक्सीमा चढाएर जंगल लगे, रातभर होटेलमा राखेर साढे १३ लाख लुटे

spot_img
spot_img

काठमाडौं । बन्धक बनाएर बैंक खाताको पैसा लुटेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४२ वर्षीय तेजमान तामाङ, ३२ वर्षीय कर्मा छेवाङ थिङ, २६ वर्षीय सैगात तामाङ र ३८ वर्षीय बिरे तामाङ रहेका छन् । उनीहरू सबै सिन्धुपाल्चोकका हुन् ।

प्रहरीका अनुसार उनीहरूले गएको मंसिर १० गते दिउँसो करिब ३ बजेतिर काठमाडौंस्थित चाबहिलबाट हिस्सी थाया तामाङलाई बल प्रयोग गरेर जबरजस्ती ट्याक्सीमा चढाएका थिए । त्यसपछि उनीहरूले जंगलमा लगेर धम्की दिए । धक्कीपछि उनीहरूले तामाङलाई रातभर गागलफेदीको होटलमा राखिएको थियो ।

पुस ११ गते उनीहरूले तामाङको बैंक खाताबाट १३ लाख ५० हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । पैसा लिइसकेपछि उनलाई छाडिदिएका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार उनीहरूलाई बौद्धबाट पक्राउ गरेको हो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?