Sunday, September 8, 2024

ट्रेन्डिङ :

एनसेल सेयर खरिदबिक्रीको छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई आज बुझाउने तयारी

एनसेलको सेयर बिक्रीबारे छानविन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज बुझाउने तयारी भएको छ ।

एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्रीको छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेर सरकारलाई पेस गर्ने तयारी गरेको हो । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले तयार पारेको उक्त प्रतिवेदन आजै साँझ प्रधानमन्त्री ‘प्रचण्ड’लाई बुझाउने भएको छ ।

समितिका संयोजक टङ्कमणि शर्माले आज साँझ प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने बताए । उनका अनुसार प्रधानमन्त्री उपत्यका बाहिरबाट फर्केपछि साँझतिर प्रतिवेदन बुझाउने तयारी छ ।

नियामक निकायलाई जानकारी नदिइ आजियाटा ग्रुपले एनसेलको ८० प्रतिशत शेयर शतिसलाल आचार्यको कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो ।

शेयर खरिद बिक्रीमा विवाद भएपछि सरकारले गत मङ्सिर २१ गते टङ्कमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले पुस २४ गते भित्रमा प्रतिवेदन बुझाउनुपर्ने भएपनि कागजात नआएको भन्दै सरकारसँग १५ दिनको समय माग गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?